वैदेशिक रोजगारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका– १३ घर भई काठमाडौं महानगरपालिका– १५ स्वयम्भू बस्ने ३९ वर्षीय विशाल हाडा रहेका छन्। उनले रोजगारीका लागि दुबई पठाउने भन्दै २८ लाख ठगी गरेको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ अनुमति जारी भएपछि हाडा फरार थिए। बुधबार स्वयम्भूबाट पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।