नक्कली श्रम स्वीकृति बनाएर वैदेशिक रोजगारीमा जान खोज्ने तीन युवा पक्राउ

8 September, 2026

नक्कली श्रम स्वीकृति बनाएर भिजिट भिसामा विदेश जान खोज्ने तीन युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। एयर अरेबियाको उडानबाट साहजाह, युएई हुँदै भिजिट भिसामा श्रीलंका जान लागेका तीन युवा गत शुक्रबार विमानस्थलबाट पक्राउ परेका थिए।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई– २ घर भई भक्तपुरको मध्यपुर थिमी–४ बस्ने १९ वर्षीय सन्जीव भुसाल, रौतहटको कटहरिया– ३ घर भई काठमाडौंको माछापोखरी बस्ने १९ वर्षीय शेख तबरेज र स्याङ्जाको भिरकोट– ४ घर भई काठमाडौं सिनामंगल बस्ने २७ वर्षीय समित रेग्मी छन्।

प्रहरीका अनुसार उनीहरूले बोकेको वैदेशिक रोजगार विभागको नाममा जारी व्यक्तिगत श्रम स्वीकृति नक्कली रहेको पाइएको छ। लिखतसम्बन्धी कसुर (किर्ते)मा थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाउन उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024