बालिकालाई काममा लगाउने ३ स्पा संचालक पक्राउ

25 August, 2026

बाँके प्रहरीले बालिकालाई काममा लगाएको पाइए पछि तीन जना स्पा संचालकलाई पक्राउ गरेको छ।

नेपालगंज उपमहानगरपालिका – १० आदर्श नगरस्थित ‘न्यू प्लेजर स्पा’की संचालिका भारतीय नागरिक गुडिया खान, ‘आर्युेबेदिक रिल्याक्स स्पा’ की संचालक दुर्गा थारु र नेपालगंज – २ न्यूरोड स्थित ‘ रिल्याक्स स्पा’ का संचालक तर्कराज देवकोटा पक्राउ परेका हुन्।

जिल्लाका डिएसपी प्रतितसिंह राठोरका अनुसार ती तीन वटा स्पामा चेकजाँच गर्दा बालिकालाई काममा लगाइको पाइएको हुँदा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

डिएसपी सिंहका अनुसार ती तिन स्पाबाट सात जना बालिकालाई उद्धार गरिएको छ।

पक्राउ परेका तीनै जना स्पा संचालकका विरूद्ध आवश्यक अनुसन्धान गर्न जिल्ला अदालत बाँकेबाट म्याद थप भइ आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026