श्रम विभागमार्फत एक करोड ४० लाख जरिवाना असुली

20 August, 2026

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयले श्रमिकलाई तलब, सुविधा नदिने विभिन्न प्रतिष्ठानबाट एक करोड ४० लाख रुपैयाँ सम्बन्धित श्रमिकलाई दिलाएको जनाएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको प्रेस नोटअनुसार साउनमा विभागले श्रमिकको अधिकार र पारिश्रमिक भुक्तानी नपाएको भन्ने निवेदनलाई प्राथमिकताका साथ फर्स्योट गरेको छ ।

त्यसै क्रममा विभिन्न प्रतिष्ठानबाट श्रमिकलाई तलब, सुविधालगायत भुक्तानी दिलाइएको हो । त्यस्तै, बालश्रमको अवस्थाबारे साउनमा देशैभरका ३७१ वटा प्रतिष्ठानमा निरीक्षण भएको र बालश्रम गराउने प्रतिष्ठान तथा व्यक्तिलाई दुई लाख २० हजार जरिवाना गरिएको मन्त्रालयले जनाएको छ ।

साउनमा श्रमिकका तर्फबाट तीन सयवटा व्यक्तिगत दाबी उजुरी र २६ वटा सामूहिक दाबी उजुरी दर्ता भएका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024