विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा मुडभरी पक्राउ

6 August, 2026

आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मोरिसस पठाइदिन्छु भनी ठगी गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका–६ का मनोहर मुडभरी पक्राउ परेका छन्।

आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा मुडभरीलाई प्रहरीले पक्राउ गरेको हो।

एक व्यक्तिबाट तीन लाख ५० हजार ठगी गरेर बेपत्ता भएका ४१ वर्षीय मुडभरी मंगलबार ललितपुर– ३ बाट पक्राउ परेका हुन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024