कुवेत आक्रमणमा निधन भएका तामाङको शव आज स्वदेश ल्याइँदै

3 August, 2026

उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी निधन हुनुभएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदै छ।

यस दुःखद घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024