कुवेतमा ड्रोन आक्रमणमा निधन हुने तेह्रथुमका सोमकुमार तामाङ

31 July, 2026

कुबेतस्थित नेपाली दूतावासले जुलाई ३० मा भएको ड्रोन आक्रमणमा सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको पुष्टि गरेको छ ।

कुवेतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । उनको मृत्युबारे बिहीबार नै सञ्चार माध्यमहरुमा आइसकेको थियो ।
राजदूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने लगायतका आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढाइने जनाएको छ।

यसैबीच, कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डहरूको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024