दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गतको भाषा परीक्षाका लागि आवेदन दिने म्याद तीन दिन थपेर २० साउनसम्म पुर्याइएको छ। राहदानी बनाउन र नवीकरण गर्न बढेको भिडका कारण योग्य आवेदक नछुटून् भनेर म्याद थपिएको हो।
विभागले म्याद सकिएको राहदानीबाट पनि अहिले आवेदन दिन मिल्ने व्यवस्था गरेको छ। भाषा तथा सिप परीक्षा पास गरी रोजगार आवेदन फाराम भर्दासम्म भने वैध राहदानी पेस गर्नुपर्नेछ। राहदानी विभागले सेवाग्राहीको चाप व्यवस्थापन गर्न २२ साउनसम्म दुई सिफ्टमा सेवा सञ्चालन गर्ने जनाएको छ।
यस वर्ष इपिएस भाषा परीक्षाका लागि सात हजार दुई सयजनाको कोटा तोकिएको छ, जसमा उत्पादन, कृषि/पशुपालन, सेवा र वन क्षेत्र समावेश छन्।