इपिएसमार्फत कोरिया जाने श्रमिको भिसा शुल्क वृद्धि

6 July, 2026

इपिएस प्रणालीबाट कोरिया जाने श्रमिकले तिर्दै आएको भिसा शुल्कमा वृद्धि भएको छ । नेपालस्थित कोरियन दूतावासको पत्रलाई उद्धृत गर्दै इपिएस कोरिया शाखाले जारी गरेको विज्ञप्तिअनुसार प्रतिश्रमिक ६ सय रुपैयाँ भिसा शुल्क वृद्धि भएको हो ।

यसअघि १० हजार सात सय रुपैयाँ शुल्क थियो । अब शुल्क वृद्धिपछि कोरिया जान अन्तिम नामावली प्रकाशन भएका श्रमिकलाई ११ हजार तीन सय रुपैयाँ भिसा शुल्क भुक्तानी गर्न शाखाले सूचित गरेको छ । सो रकम कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरी सक्कल भौचरसमेत उपलब्ध गराउन विभागले निर्देशन जारी गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024