न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक भारतीय पक्राउ

नेपाली युवायुवतीलाई न्युजिल्यान्ड पठाइदिन्छु भन्दै झन्डै १० लाख ठगी गरेको आरोपमा एक जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारको बिहार राज्यको गोपालगञ्जका ४२ वर्षीय संजय कुमार हुन् ।

उनलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको जनाएको छ ।

उनले पीडित नेपालीलाई न्युजिल्यान्ड पठाइदिने भन्दै ९ लाख ८० हजार रुपैयाँ लिएर लामो समयसम्म झुक्याएर राखेको जाहेरी परेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउपछि थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले भनेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024