आरके मेनपावरलाई तीन लाख जरिवाना

3 July, 2026

वैदेशिक रोजगार विभागले आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधानविपरीत कार्य गरेको भन्दै विभागले बिहीबार उक्त म्यानपावरलाई ३ लाख रुपैयाँ जरिवाना गर्दै सचेत गराएको हो।

विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा ३ बमोजिम इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) ले व्यक्तिगत श्रम स्वीकृतिसम्बन्धी कार्य गरी कामदार पठाउन नपाउने कानुनी व्यवस्था रहेको छ। उक्त कानुनी व्यवस्थाको पूर्ण पालनाका लागि विभागले मिति २०८२/१२/२७ गते सार्वजनिक सूचनासमेत जारी गरेको थियो।

तर, अनुसन्धानका क्रममा आरके म्यानपावरले उक्त कानुनी व्यवस्था र विभागको निर्देशन पालना नगरेको पाइएपछि विभागले मिति २०८३/०३/१८ गते कारबाहीको निर्णय गरेको हो। विभागले ऐनको दफा ५४ बमोजिम संस्थालाई प्रथमपटकका लागि सचेत गराएको छ भने दफा ५२ बमोजिम अधिकतम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024