नेपाली राजदूतावासले भन्यो- कम्बोडियामा रहेका ६६ नेपाली तत्काल स्वदेश फर्कनू

8 June, 2026

थाइल्यान्डस्थित नेपाली दूतावासले भिसा अवधि समाप्त भए पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन निर्देशन दिएको छ। दूतावासले आज सूचना जारी गरेर स्वदेश फर्कन निर्देशन दिएको हो।

राजदूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराइ नेपाल फर्कन सहजीकरण गरेको थियो।

तर इमेल, फोन तथा हाट्सएप मार्फत सम्पर्क गर्दा पनि ६६ नेपाली नागरिकहरूले नेपाल फर्किन तदारूकता नदेखाएको दूतावासले जनाएको छ।

तोकिएको समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकहरूउपर कम्बोडिया सरकारले नयाँ कानून अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार ५ लाख अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024