विदेश पठाउने नाममा एक करोड ४१ लाख ठगी आरोपमा दुईजना पक्राउ

3 June, 2026

वैदेशिक रोजगारीका लागि सेसेल्स पठाइदिन्छ भनी ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुईजनालाई पक्राउ गरेको छ।

मकवानपुरको बकैया गाउँपालिका–२ घर भई काठमाडौं गोकर्णेश्वर– ३ बस्ने ३८ वर्षीय तीर्थमान भोलन र नुवाकोट शिवपुरी गाउँपालिका– ३ घर भई काठमाडौं तारकेश्वर– ९ बस्ने ३९ वर्षीय गोवर्धन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले ३१ जनाबाट एक करोड ४१ लाख ५१ हजार ठगी गरेका छन्। बौद्धबाट पक्राउ परेका उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024