कम्बोडियामा अलपत्र नेपालीको जरिबाना मिनाहा

1 June, 2026

कम्बोडिया सरकारले भिसा अवधि सकिएर अलपत्र परेका ६०२ जना नेपाली नागरिकको भिसा शुल्क र जरिबाना मिनाहा गरेको छ । भिसा अवधि सकिएपछि भिसा शुल्क तथा जरिबाना तिर्न नसकी उतै अलपत्र परेका ती नेपालीको जरिबाना कम्बोडिया सरकारले मिनाहा गरेको हो ।

यसरी माफी पाएका नेपाली नागरिकको नामावली सार्वजनिक गर्दै दूतावासले एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन अनुरोध गरेको छ । तोकिएको अवधिभित्र आफ्नो मुलुक नफर्किने विदेशी नागरिकलाई कम्बोडिया सरकारले नयाँ कानुनी व्यवस्था अनुसार पक्राउ गरी कडा कारबाही गर्ने र जरिबाना तथा कैद सजायसमेत हुने व्यवस्था गरेको भन्दै सचेत गराएको छ ।

स्वदेश फर्कन लागेका नागरिकले हवाई टिकटको व्यवस्था गरिसकेपछि सोको जानकारी अग्रिम रूपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्ने भएकाले दूतावासलाई अवगत गराउन भनिएको छ । साथै टिकटको व्यवस्था गर्दा कम्बोडियाबाट नेपाल जाने उडान नभएको हुँदा आफ्नो टिकट ‘कनेक्टिङ फ्लाइट’ को हो/होइन यकिन गरेर मात्र टिकट खरिद गर्न पनि अपिल गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024