दर्ता नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीका सञ्चालकमध्ये २७ जनाविरुद्ध मुद्दा प्रक्रिया अघि बढेको छ। ६८ जना पक्राउ परेकोमा प्रहरीले सोमबार २७ जनालाई अदालतमा उपस्थित गराई म्याद थप गरेको हो।
प्रहरीले थप पाँचजनालाई म्याद थपका लागि लगेकामा उनीहरूलाई अदालतले म्याद थप गर्न अस्वीकार गरको छ। अन्य ३६ जनालाई प्रहरीले आफैँ हाजिरी जमानीमा छाडेको छ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपरेसन चलाएर ९५ कन्सल्टेन्सीमा छापा हानी ६८ जनालाई पक्राउ गरेको थियो।