सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न ‘राष्ट्रिय प्रवर्द्धन दशक’ मनाउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव ०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। आर्थिक वर्ष ०८३/८४ देखि ०९२/९३ सम्म राष्ट्रिय प्रवर्द्धन दशक घोषणा गर्ने सरकारको नीति छ।
यसैगरी, औद्योगिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्दै श्रमिकको संरक्षण गर्ने विषय सरकारको नीतिमा समेटिएको छ।