न्यायोचित सेवा शुल्क नतोकिएसम्म वैदेशिक रोजगार क्षेत्र पारदर्शी हुँदैन: अध्यक्ष गुरुङ

4 May, 2026

Hom Karki

नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुडले सरकारलाई वैदेशिक रोजगार क्षेत्रलाई ब्यवस्थित र पारदर्शी बनाउन न्यायोचित हुने गरी सेवा शुल्क निर्धारण गर्न आग्रह गरेका छन् ।

‘वैदेशिक रोजगार ब्यवसायीहरु यो क्षेत्र पारदर्शी होस् भन्ने चाहान्छन् । यससम्बन्धी भएका नीति र कानुनको पूर्णरुपमा कडाईका साथ कार्यान्वयन गर्न सहयोग गर्न प्रतिबद्ध छ,’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा शुक्रबार आयोजित कार्यक्रममा भने,‘यसको लागि श्रम मन्त्रालयले न्यायचित हुने गरी सेवा शुल्क निर्धारण गर्नुपर्छ ।’

वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना जारी गर्दै १० बर्ष अगाडि निर्धारण गरिएको सेवा शुल्क बापतको १० हजार रुपैयाँलाई बैंकमार्फत् कारोबार गर्न निर्देशन जारी गरेको थियो । बैंकमार्फत् कारोबार नगरेमा म्यानपावर कम्पनीमाथि कारबाही गर्ने विभागको तयारी छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024