श्रम स्वीकृतिको काम गर्न साइबर सेन्टरहरूलाई रोक

13 April, 2026

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिसम्बन्धी काम गर्न साइबर सेन्टरहरूलाई रोक लगाएको छ। ‘श्रम’ शब्दको प्रयोग गरी प्रचारप्रसार गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पारी बिचौलियाको रूपमा रकम असुली गरेको भन्दै विभागले साइबर सेन्टरहरूलाई कडाइ गरेको हो।

श्रम स्वीकृतिसम्बन्धी कार्य विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरूबाट मात्र हुने विभागले प्रस्ट पारेको छ।

भ्रम सिर्जना गर्ने यस्ता बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्तेलेखनलगायतको सामग्री आगामी सोमबारभित्र हटाउनसमेत विभागले निर्देशन दिएको छ। अन्यथा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024