वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने उद्देश्यले राखिएका प्रचार सामग्री ३ दिनभित्र हटाउन निर्देशन दिएको छ।
विभागले आज सूचना जारी गरेर होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखन लगायतका सामग्री तीन दिन भित्र हटाउन व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई निर्देशन दिएको हो। अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्ने विभागले जनाएको छ।
श्रम स्वीकृतिसम्बन्धी कार्य प्रचलित कानुन बमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरूबाट मात्र हुने व्यवस्था रहेको उल्लेख गर्दै सो काममा भ्रम सिर्जना गर्ने गरी हुने गरेका त्यस्ता लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्न निर्देशन दिएको हो।