अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई गर्‍यो निष्कासन

8 April, 2026

अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो।

निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ।

प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। ‘केहीबेर अघि ओमनी एयरलायन्सको विमानबाट उहाँहरू आइपुग्नुभएको छ। प्रहरी टोलीले अहिले उहाँहरूसँग सोधपुछ गरिरहेको छ,’ प्रहरी स्रोतले अन्नपूर्णसँग भने।

निष्कासनमा परेका नेपालीहरूलाई कसरी अमेरिका पुगेको बारेमा सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ। विभिन्न प्रलोभनमा परेर नेपालीहरू गैरकानुनी रूपमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्। आवश्यक कागजात नभएपछि उनीहरूलाई अमेरिकाको अध्यागमन प्रहरीले पक्राउ गरी निष्कासन गर्ने गरेको छ। यसअघि पनि पटक-पटक सयौं संख्यामा नेपालीहरू अमेरिकाबाट निष्कासित हुँदै आएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024