पश्चिम एसिया द्वन्द्व: ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन

7 April, 2026

परराष्ट्रमन्त्री शिशिर खनालले पश्चिम एसियाको द्वन्द्वबाट प्रभावित नेपाली नागरिकहरूको तथ्यांक संकलन भइरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विवरण संकलनका क्रममा हालसम्म ८८ हजारभन्दा बढी नेपालीले नाम टिपाएको जानकारी दिए।

द्वन्द्वका कारण तुरुन्तै नेपाल फर्कनुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी सहजीकरण गरिसकिएको उनले बताए।

“परराष्ट्र मन्त्रालयले तथ्यांक संकलन गरिरहेको छ। अहिलेसम्म झन्डै ८८ हजारभन्दा बढी नेपालीले नाम टिपाउनुभएको छ। पछिल्लो केही दिनयता उताबाट आउने फोनहरूको संख्या घट्दै गएको छ, तैपनि तुरुन्तै नेपाल आउनुपर्ने परिस्थितिलाई हेरेर हामीले नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरी सहजीकरण गरिसकेका छौँ,” मन्त्री खनालले भने।

उनका अनुसार नेपाल एयरलाइन्समामार्फत मध्यपूर्व क्षेत्रमा उडान सहज बनाइएको छ। दुबईमा नियमित उडान शुरू भइसकेको छ भने साउदी अरब लगायतका क्षेत्रमा पनि थप उडान व्यवस्थापनका लागि प्रयास भइरहेको छ।

पश्चिम एसियाको द्वन्द्वका कारण आपूर्ति प्रणाली, रोजगारी तथा आर्थिक क्षेत्रमा परेको प्रभावबारे अध्ययन गर्न सरकारले कार्यदलसमेत गठन गरेको मन्त्री खनालले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024