सीपयुक्त जनशक्ति उत्पादन गर्न रणनीति बनाउने श्रममन्त्रीको पहिलो निर्णय 

30 March, 2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सीपयुक्त जनशक्ति निर्माण गर्न एक महिनाभित्र रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

उनले प्रतिष्ठानको सीप विकास तालिमसम्बन्धी पाँचवर्षे रणनीतिक योजना २०८३-८८लाई समीक्षा गरी एक महिनाभित्र अन्तिम रूप दिने निर्णय गरेका हुन् । प्रतिष्ठान नयाँ संरचनामा गएकोले उसको लक्ष्यअनुसार यो योजना बनाउन अगाडि बढाएको मन्त्री साहको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024