सल्यानका एक युवाको मलेसियामा हत्या

26 March, 2026

Biplab Maharjan

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि मलेसिया गएका सल्यानका एक युवाको आफ्नै साथीद्वारा हत्या भएको खुलेको छ ।

कपुरकोट गाउँपालिका–३, दमारखोलाका २१ वर्षीय वेदबहादुर बुढाको गत आइतबार राती उनकै साथीले हत्या गरेको खुलेको हो ।

कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्गाले रोल्पाको गंगादेव गाउँपालिका–३ नाउली भालुमारेका २५ वर्षीय चोपीलाल डाँगीले चक्कु प्रहार गरी उनको हत्या गरेको बताए । हत्या गर्ने डाँगीसहितका केही युवालाई मलेसिया प्रहरीले नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए ।

उनका अनुसार उक्त घटना मलेसियाको पेनाङ राज्यमा भएको मलेसियामा रहेका कपुरकोटका लालजित खड्गाले जानकारी गराएका थिए । आपसी विवादका कारण हत्या भएको भन्ने सुन्नमा आएको उनको भनाइ छ । मृतकका काका परशुराम बुढाले मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी गराए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024