हर्मुजबाट इरानी सुरक्षा निकायको नियन्त्रणमा एक नेपाली

23 March, 2026

इरानी सुरक्षा निकायले एक जना नेपालीलाई नियन्त्रणमा लिएको खुलेको छ।

स्ट्रेट अफ हर्मुजबाट सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए।

उनले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।

यसअघि इरानमा ६ जना नेपाली नागरिक रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको थियो।

यद्यपि पछिल्लो अपडेट अनुसार नेपालीको संख्या ११ पुगेको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024