स्ट्रेट अफ हर्मुजमा पक्राउ परेका धनुषाका अमित झाको सुरक्षित रिहाइका लागि उनको परिवारले आग्रह गरेको छ। झालाई इरानी सुरक्षा अधिकारीले नियन्त्रणमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कार्गाे जहाजमा कार्यरत झा सम्पर्कविहीन भएपछि उनको परिवारले परराष्ट्र मन्त्रालयलाई खोजीका लागि आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काका अनुसार इरानी सुरक्षाकर्मीले एउटा व्यापारिक पानीजहाजलाई नियन्त्रणमा लिएका छन् जसमा नेपालका झा पनि परेका हुन्। इरानले स्ट्रेट अफ हर्मुजलाई बन्द गरेको घोषणा गरी विदेशी जहाजमाथि आक्रमण गरिरहेको छ।