बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका-८ का ३६ वर्षीय अर्जुनबहादुर पौडेल, सर्लाहीको बरहथवा नगरपालिका-२ का ४६ वर्षीय डिल्लीराम भुजेल र काठमाडौं नगरपालिकाकी ४३ वर्षीषा उमा गुरुङ रहेकी छन्।
पौडेलले क्रोएशिया पठाइदिने भन्दै ३ लाख ३० हजार, भुजेलले माल्दिभ्स पठाउने भन्दै २ लाख ९९ हजार र गुरुङले बेलायत पठाइदिने भन्दै २ लाख रुपैयाँ लिएका थिए।
उनीहरू लामो समयसम्म सम्पर्कमा नरहेपछि पीडितले उजुरी दिएका थिए। उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।