कुवेतबाट फर्किन चाहने नेपालीलाई साउदी अरबको बाटो प्रयोग गर्न आग्रह

16 March, 2026

कुवेतस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई साउदी अरबको बाटो प्रयोग गर्न आग्रह गरेको छ। मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले आज एक विज्ञप्ति जारी गरी यस्तो अनुरोध गरेको हो।

दूतावासले साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपाली नागरिकले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ। भिसा प्राप्त भएपश्चात् सडकमार्गबाट साउदी अरब प्रवेश गरी त्यहाँको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले आवश्यक प्रक्रिया पूरा गर्न दूतावासले अनुरोध गरेको छ।

“मध्यपूर्वको विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपाली नागरिकले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सक्नुहुनेछ। भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी त्यहाँको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले सोहीअनुसार आवेदन दिनुहुन अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024