मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेर त्यहाँको अवैध स्क्यामिङ केन्द्र, क्यासिनोहरूमा गैरकानुनी काम गरिरहेका १६ जना नेपालीको उद्धार गरिएको छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघको सहयोगमा उनीहरूलाई बिहीबार नेपाल फर्काइएको जनाएको छ ।
दूतावासले विज्ञप्ति जारी गरी अलपत्र परेका वा कठिन परिस्थितमा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको पनि जनाएको छ ।
‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी यस राजदूतावासलाई प्राप्त भएको छ,’ दूतावासले उल्लेख गरेको छ ।