एक महिनामा वैदेशिक रोजगारीका लागि ७० हजार युवाले लिए स्वीकृति

18 February, 2026

पछिल्लो महिना वैदेशिक रोजगारीमा जानका लागि ७० हजारभन्दा धेरै युवाहरूले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्रै रोजगारीका लागि विभिन्न मुलुक जान ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएका हुन्।

उनीहरूले विभिन्न १०७ देश जान स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा ६२ हजार १६२ पुरुष र आठ हजार ३४१ जना महिला छन्।

विभागका अनुसार माघमा युनाइटेड अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, मलेसिया, कुवेत, रोमानिया, जापान, साइप्रस, ओमान, बहराइन लगायत मुलुक जानेहरू धेरै छन्।

युएईका लागि १५ हजार १३७, साउदी ११ हजार ५९२, कतार ११ हजार ५८०, मलेसिया १० हजार ३४१, कुवेत पाँच हजार ४४३, रोमानिया तीन हजार ९४०, जापानका लागि एक हजार ७६०, साइप्रसका लागि एक हजार २५५, ओमान जान एक हजार २०५ र बहराइनका लागि एक हजार १२७ जनाले श्रम स्वीकृति लिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026