हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने दोलखाका तामाङ पक्राउ

16 February, 2026

वैदेशिक रोजगारीमा पठाइदिनेभन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। आकर्षक तलबको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका-४ घर भएका ५६ वर्षीय महेश तामाङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनले १ जना पीडितबाट ३ लाख रूपयाँ लिई सम्पर्कविहीन बनेका थिए। पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026