न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

4 February, 2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा धादिङको थार्के गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने २४ वर्षीय अन्जन भुजेल र सल्यानको वनगाड कुपिण्डे नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३१ वर्षीय नविन दमाई रहेका छन्।

पक्राउ परेकामध्ये अन्जनले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितबाट १७ लाख १० हजार रुपैयाँ र नविनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितबाट २ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अन्जनलाई काठमाडौं महानगरपालिका-३१ बाट र नविनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024