इरानका नेपालीलाई स्वदेश फर्किन सरकारको आग्रह

2 February, 2026

अमेरिका र इरानबीच तनाव चर्किँदै गएपछि नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई जतिसक्दो छिटो स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै इरान भ्रमणको तयारीमा रहेकालाई हालका लागि यात्रा स्थगित गर्न सल्लाह दिएको हो।

मन्त्रालयले पछिल्लो क्षेत्रीय परिस्थितिलाई ध्यानमा राख्दै अवस्था सामान्य नहुञ्जेलसम्म इरान जाने योजना स्थगित गर्न अनुरोध गरेको छ। साथै, हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म चाँडो सुरक्षित स्थानतर्फ जान वा इरान छोड्न सल्लाह दिइएको छ।

परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई पासपोर्ट, परिचयपत्रलगायत महत्त्वपूर्ण कागजात सहजै भेटिने सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेको छ। आवश्यक समन्वय र सहयोगका लागि नेपालस्थित सम्बन्धित दूतावास तथा कतारस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ।

इरानमा नेपाली नागरिकहरू रहेको पुष्टि भए पनि हालसम्म त्यहाँ कति नेपाली छन् भन्ने यकिन तथ्यांक भने उपलब्ध छैन।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024