इपिएसमा देखिएका समस्या समाधानका लागि नेपाली टोली कोरिया जाने

21 January, 2026

रोजगार अनुमति प्रणाली(इपिएस) मा देखिएका समस्या समाधानका लागि कोरियाली पक्षसँग वार्ता गर्न नेपाली टोली दक्षिण कोरिया जाने भएको छ।

इपिएस शाखाका अनुसार जतिसक्दो छिटो नेपालबाट उच्चस्तरीय टोली जाने तयारी भइरहेको छ।

समस्या समाधानका लागि कोरियाली पक्षसँग कूटनीतिक पहल पनि भइसकेको र छानबिन समितिको प्रतिवेदन समेत अन्तिम चरणमा पुगेकाले आन्दोलन नगर्न युवाहरूलाई शाखाले आग्रह गरेको छ।

भाषा परीक्षा तथा सिप परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै पछिल्लो समय युवाहरू आन्दोलित छन्।

१२ हजार भन्दा धेरै युवाहरूको नाम रोस्टरमा लामो समयदेखि रहेको तर आफूहरू रोजगारीमा जान नपाएको गुनासो छ।

तत्काल रोजगारीको सुनिश्चितता गर्नुपर्ने जसका लागि रोस्टर अवधि थप गर्नुपर्ने लगायत माग युवाहरूको छ।

शाखाका निर्देशक टीकाराम ढकालले विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोरियाको विभिन्न क्षेत्रमा चार ५०७ जना नेपाली श्रमिक गएको बताएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024