सम्राट सिमेण्ट उद्योगमा काम गर्ने मजदुरको माटोले पुरिएर मृत्यु

20 January, 2026

Durga lal Kc

लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगमा काम गर्ने एक मजदुरको सोमबार माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

लमही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको हो । घटनामा लमही नगरपालिका–७ हसनापुरका शंकर चौधरी घाइते भएका छन् । उनलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

उद्योगको पावर प्लान्टका लागि ठूलो खाडल खन्ने काम भइरहेका बेला माटोको ढिस्कोमा पुरिएर चौधरीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026