सम्राट सिमेन्टमा काम गर्ने मजदुरको मृत्यु, एकजना घाइते

20 January, 2026

Gopal Sharma Bhattarai

दाङको लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा कार्यरत मजदुरको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

कामकै क्रममा माटोको ढिस्को खस्दा पुरिएर लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन्। घाइते चौधरीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको दाङ प्रहरीले जनाएको छ।

उद्योगको पावर प्लान्टका काम हुँदै थियो। ठूलो खाडल खनिएको थियो। काम गर्ने क्रममा माटोको ढिस्को खस्दा दुई जना पुरिएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026