विद्यार्थीलाई युएई पठाएर ठगी गर्ने चारवटा कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बेस्ट पाथ कन्सल्टेन्सीका सञ्चालक नुवाकोटका कृष्ण थापा, मेर्सी एजुकेसनका रामचन्द्र टन्डन, सिटिहब एजुकेसनका सुवास सिलवाल क्षेत्री र कान्तिपुर अर्बाेट कन्सल्टेन्टका हेमराज भट्ट पक्राउ परेका हुन्।
फ्रान्स र अस्ट्रेलियाका युनिभर्सिटीबाट मान्यताप्राप्त युएईका कलेजका नाममा विद्यार्थी पठाएर ठगी गरेका हुन्। कमिसन फर अकेडेमिक एक्रिडिसयनबाट स्वीकृति नलिएको ट्रेनिङ इन्स्टिच्युटमा पठाएर आठ लाखदेखि २२ लाख रुपैयाँसम्म ठगी गरेको भनेर विद्यार्थीको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सिआइबीका एसएसपी शिव श्रेष्ठले बताए।