यस अध्ययन परियोजनाको उद्देश्य पुनः एकीकरण कसरी व्यवस्थित र संचालित हुन्छ र यसले फर्किएका श्रमिकहरूको अनुभवमा कसरी प्रभाव पार्छ भनेर बुझ्नु हो। वैदेशिक रोजगारमा गएका अधिकांश श्रमिकहरूलाई गन्तव्य मुलुकमा नै बसिरहन पाउने अधिकार नहुने भएकाले उनीहरू विभिन्न कार्यक्रम तथा नीतिहरूमार्फत स्वदेश फर्किने गर्छन्। उनीहरू स्वेच्छिक रूपमा वा बाध्यात्मक अवस्थाले फर्किएका हुन सक्छन्। विभिन्न देशहरूले वैदेशिक रोजगारबाट फर्किएपछि पुनः एकीकरण प्रक्रिया कसरी व्यवस्थापन गर्छन् र फर्किएका श्रमिकहरूले आफ्नो फिर्ती तथा पुनः
एकीकरणलाई कसरी अनुभव गर्छन् भन्नेबारे धेरै कम मात्रामा जानकारी उपलब्ध छ।
यस अध्ययनले नेपाल, नाइजेरिया, सर्बिया र फिलिपिन्सका चार अध्ययनहरू (Case Studies) को आधारमा फर्किएका व्यक्तिहरूको फिर्ती तथा पुनः एकीकरण अनुभवहरू लगायतका पुनः एकीकरण सम्बन्धी सरोकारवालाहरूको दृष्टिकोण तुलनात्मक रूपमा प्रस्तुत गर्दछ ।