युएईले कडाइ गरेपछि सबैभन्दा धेरैले लिए साउदीका लागि श्रम स्वीकृति

21 November, 2025

कात्तिकमा ७३ हजार युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको हो।

कात्तिकमा ७३ हजार ९४ जनाले वैदेशिक रोजगारीका लागि नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्। कात्तिकमा नयाँ श्रम स्वीकृति लिएर विदेश जानेको संख्या २२ हजार ५१४ जना छ।

युवाहरू विभिन्न १०६ मुलुकका लागि श्रम स्वीकृति लिएर विदेशिएका छन्। नेपालमा जेनजी आन्दोलनपछि युएईले कामदार भिसामा कडाई गरेसँगै सबैभन्दा धेरै युवाले साउदीका लागि श्रम स्वीकृति लिएका छन्।

कात्तिकमा साउदीका लागि १५ हजार ७ सय ६९, कतारका लागि १३ हजार ७ सय ३२, युएईका लागि १३ हजार ३ सय ९९ र मलेसियाका लागि ९ हजार ८ सय ७२ जनाले श्रम स्वीकृति लिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026