कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने पक्राउ

16 November, 2025

वैदेशिक रोजगारीका लागि कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने ४४ वर्षीय आनन्दकुमार साह पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कतार लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाइ सम्पर्कविहिन बनेका थिए।

प्रहरीका अनुसार पीडितको जाहेरी दरखास्तको आधारमा अनुसन्धान हुँदा स्थायी घर महोत्तरी सम्सी गाउँपालिका वडा नम्बर ५ भइ हाल काठमाडौँ बस्दै आएका साह काठमाडौँ महानगरपालिका वडा नं। ७ बाट पक्राउ परेका हुन्।

उनीमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशकि रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024