वैदेशिक रोजगारीका क्रममा दुबई पुगेका सल्यान त्रिवेणी गाउँपालिका-६ का युवराज थापाले ७६ लाख रुपैयाँ ब्लड मनी तिरेर स्वदेश फिर्ता भएका छन्।
थापा रोजगारीका क्रममा २०७९ सालमा फस्ट सेक्रेटी ग्रुप नामक कम्पनीमा लाइफ गार्डका रूपमा दुबई पुगेका थिए। थापाकी श्रीमतीका अनुसार दुबईमा रहेको हयात होटेलको स्विमिङ पूलमा लाइफ गार्डका रूपमा कार्यरत थापाको स्विमिङ पुलमा हृदयघातबाट मृत्यु भएको थियो।
उक्त समयमा मृतकका परिवारले थापालाई दोष लगाई उनीमाथि दुवई अदालतमा मुद्दा जाहेर गरेका थिए। दुबईको अदालतले थापालाई दोषी ठहर गर्दै परिवारको हकवालालाई दुई लाख दिराम ब्लडमणि मार्फत रकम बुझाउनुपर्ने फैसला गरेको थियो। जसको नेपाली रुपैयाँ ७६ लाख हुन गएको थियो। घटना सन् २०२३ मा भएको थियो।
घटनापश्चात परिवारले थापाको उद्धारको लागि विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई जति सक्दो आर्थिक रूपमा सहयोग गरिदिन अनुरोध गरेका थिए जस स्वरूप सबैको सहयोगले थापाले मृतक परिवारलाई युवराज थापाको परिवारले कानुन कागजात अनुसार ७६ लाख रुपैयाँ ब्लड मनी क्षतिपूर्ति बराबर दुबई रकम तिरी हिजो स्वदेश फिर्ता भएका छन्।
थापा लगायत उनका परिवारले भौतिक, नैतिक र आर्थिक रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन्।