विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको प्रधानमन्त्री कार्कीको दाबी

26 September, 2025

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल र अध्ययन भइरहेको बताएकी छिन् ।

बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । गृह मन्त्रालयले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिनेबारे कार्यदल नै बनाएर अध्ययन गरिरहेको छ । रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपाली नागरिकलाई विदेशमासमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको प्रधानमन्त्री कार्कीले जानकारी गराइन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण एवं गैरनेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले सम्बोधनको क्रममा बताएकी हुन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024