वैदेशिक रोजगारका क्षेत्रमा न्यायोचित भर्ना (फेयर रिक्रुटमेन्ट) का सिद्धान्तहरुको पालनाको अवस्था बारे अध्ययनमा सहभागी हुन वैदेशिक रोजगार व्यवसायी संस्थाहरुलाई आमन्त्रण।

1 July 2022

Year of Publication: 2022

Published by: CESLAM

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको  द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । परियोजनाको उदेश्य वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउनु हो। कार्यक्रम ले बिभिन्न ५ वटा क्षेत्रमा कार्य गर्दछ। जस मध्ये शिपमा पहुच एक प्रमुख क्षत्र हो जस अन्तरगत  सामीले जोर्डनमा गार्मेन्ट क्षेत्रमा कामका लागि जाने श्रमिकहरुलाई एक महिना लामो सीप तालिम प्रदान गर्नुको साथै उनीहरूको रोजगारी र श्रम अधिकारको बारेमा सही जानकारी प्रदान गर्ने उद्देश्यले पूर्वप्रस्थान सचेतना तालिम प्रदान गरी जोर्डनलाई सफलतापूर्वक एक सुरक्षित ‘आप्रवाशन करिडोरको’ रूपमा स्थापित गरेको छ। 

यही सिकाइको आधारमा न्यायोचित भर्नाको हालको अवस्था तथा अवसरको बारे सामीको आर्थिक सहयोगमा सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोविलिटी (सेस्लाम) ले ‘वैदेशिक रोजगार व्यवसायी संस्थाहरु (म्यानपावर कम्पनि) द्वारा न्यायोचित भर्ना (फेयर रिक्रुटमेन्ट) का सिद्धान्तहरुको पालनाको अवस्था’ सम्बन्धी  विषयमा अध्ययन गर्दैछ। यस अध्ययनले वैदेशिक रोजगार व्यवसायी संस्थाहरुले आप्रवासी कामदारहरुलाई वैदेशिक रोजगारको लागि भर्ना गर्दा अपनाउने प्रक्रिया, भर्नासंग सम्बन्धित छनोट प्रक्रिया र विदेश प्रस्थानपछिका चरणहरूमा अवलम्बन गर्ने अभ्यासहरुलाई न्यायोचित कामदार भर्नाका सिद्धान्तहरुसंग तुलना गरी मापन गर्ने उद्देश्य लिएको छ। 

यो अध्ययनबाट निस्कने प्रतिबेदनलाई सामीले भविष्यमा नेपालबाट ‘न्यायोचित भर्ना’ का सिद्धान्तलाई पालना गर्दै शुन्य लागतमा नेपाली कामदार लैजान चाहने मलेसिया र खाडीका देशहरुका छानिएका रोजगारदाता कम्पनिहरुलाई  उपलब्ध गराउनेछ र उनीहरुले यस अध्ययनमा सहभागी वैदेशिक रोजगार व्यवसायी संस्थाहरुमध्येबाट केहि संस्थाहरुलाई सहकार्यका लागि सम्पर्क गर्न सक्नेछन। साथै, ‘न्यायोचित भर्ना’ का सिद्धान्तलाई पालना गर्दै शुन्य लागतमा नेपाली कामदार  पठाउने  वैदेशिक रोजगार व्यवसायी संस्थाहरु (म्यानपावर कम्पनिहरु) को  विवरण सामीले सरकारी निकायका साथै आप्रवासी स्रोत केन्द्र मार्फत बैदेशिक रोजगारमा जान इक्छुक युबाहरुलाई उपलब्ध  गराउने छ।   

अध्ययन प्रक्रिया संक्षेपमा
वैदेशिक रोजगार व्यवसायी संस्था/ कम्पनिहरु बाट परेका आवेदनहरु मध्येबाट पूर्वनिर्धारित मापदण्ड पुरा गरेका १२ वटा संस्थाहरुलाई गोलाप्रथा बाट छनोट गरी अध्ययन अघि बढाइने छ। आवेदन दिई छनोट हुने वैदेशिक रोजगार व्यवसायी संस्थाहरुले अध्ययन प्रयोजनका लागि आफ्नो संस्थाको सेवा लिई  वैदेशिक रोजगारमा रहेका १० जना आप्रवासी कामदार र हाल नेपाल फिर्ती भइसकेका १० जना आप्रवासी कामदार गरी जम्मा २० जना आप्रवासी कामदारहरुको सम्पर्क विवरण अध्ययन टोलीलाई उपलब्ध गराउनु पर्नेछ। उक्त कामदारहरु मध्येबाट १० जनालाई अध्ययन टोलीले छान्ने छ र उनीहरुको बैदेशिक रोजगारीमा जादाको अनुभबको बारेमा सोध्नेछा । साथै वैदेशिक रोजगार व्यवसायी संस्थाहरुले कामदार पठाउने विदेशस्थित कम्तिमा एक रोजगारदाता संस्थाका १ जना प्रतिनिधीलाई समेत अध्ययन टोली सित सम्पर्क गराउनु पर्ने छ। 

माथि अध्ययन प्रकियामा उल्लेखित शर्तहरु पुरा गर्न प्रतिबद्ध वैदेशिक रोजगार व्यवसायी संस्थाहरुलाई अध्ययनमा सहभागी हुन मिति २०७९ साल भाद्र ७ भित्र आवेदन दिन यो सूचना प्रकाशित गरिएको छ। निवेदनका लागि तल उल्लेखित कागजात तथा विवरणहरु [email protected] मा पठाउनु पर्नेछ । 

आवश्यक कागजात तथा विवरणको सूची

  • वैदेशिक रोजगार व्यवसायी संस्थाको नाम, ठेगाना र सम्पर्क विवरण।
  • वैदेशिक रोजगार व्यवसायी संस्थाले नेपाल सरकार, वैदेशिक रोजगार विभागबाट प्राप्त गरेको इजाजतपत्रको प्रतिलिपि।
  • वैदेशिक रोजगार व्यवसायी संस्थाले कामदार पठाउँदै आएको गन्तव्य मुलुकहरुको विवरण, र कुनै मुलुकमा विशेषरुपमा सेवा केन्द्रित रहेको भए त्यसको विवरण।
  • वैदेशिक रोजगार व्यवसायी संस्थाले पछिल्लो तीन वर्षमा सेवा प्रदान गरेको कामदारहरुको वार्षिक संख्या (गन्तव्य मुलुकसहित)।
  • वैदेशिक रोजगार व्यवसायी संस्थाले खुलाउन चाहेको अन्य विवरण।
  • यस अध्ययनमा सहगागी हुन इच्छुक छु र अध्ययन टोलीलाई आवश्यक जानकारीहरु उपलब्ध गराउने छु भन्ने आसयको पत्र।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024