अवैध बाटोबाट ४० हजार नेपाली महिला कुवेत पुगेकाे विषयमा गृहमन्त्रीको जवाफ माग

2 September, 2025

कुवेतमा अवैध बाटोबाट करिब ४० हजार नेपाली पुगेका विषयमा सांसदले गृहमन्त्रीको जवाफ मागेका छन्।

सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद नरबहादुर विष्टले सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘भिजिट भिसा प्रकरणमा करिब ४० हजार महिला कुवेतमा लगेर बेचिएको समाचारहरू आइरहेका छन्। अध्यागमनको कर्मचारीलाई एक लाख बुझाउने रहेछन्।’

बन्धकको रूपमा राखिएको उनीहरूको उद्धार गर्न माग गर्दै सांसद विष्टले गृह मन्त्रालयले जवाफ दिनुपर्ने बताए।

‘एउटै घरमा बन्धकको रूपमा राखिएको र पीडित महिलाले उद्धार गर्न माग गरिरहेकोमा विशेष गरेर सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने, ‘भिजिट भिसाको प्रकरणमा त्यत्रो संख्यामा महिला बेचिँदा पनि के भएको छ भन्नेबारेमा सरकारको गृह मन्त्रालयलाई यो रोस्टममा आएर गरिमामय सदनलाई जानकारीका लागि माग गर्न चाहन्छु।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024