वैदेशिक रोजगार बोर्डबाट वर्षमा हजार २५० मृतक परिवारले लिए आर्थिक सहायता

1 August, 2025

वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा एक हजार १८० नेपालीको शव घाटसम्म ढुवानी गरेको छ। त्यस्तै एक हजार २५० जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ।

यो वर्ष वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा बिरामी ६९८ जना श्रमिकलाई आर्थिक सहायता प्रदान गरेको छ। २७५ श्रमिकका परिवारलाई उपचार खर्च प्रदान गरेको छ।

श्रमिकका छोराछोरी तीन हजार ९९० जनाले छात्रवृत्ति पाएका छन्। एक वर्षको अवधिमा ७० वटा अलपत्र परेको शव झिकाएको बोर्डले जनाएको छ।

यो अवधिमा वैदेशिक रोजगारीमा जान इच्छुक १४ हजार ४५८ युवालाई सीपमूलक तालिम दिइएको जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026