वैदेशिक रोजगारमा रहेकालाई आईपीओ भर्ने अवधि घटाइयो

8 July, 2025

२३ असार, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई आईपीओ भर्ने अवधि छोट्याइएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (नवौं संशोधन) निर्देशिका २०८२ लागू गर्दै अवधि घटाएको हो । यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओमा आवेदन दिने अवधि कम्तीमा १५ दिन कायम गरिएकोमा त्यसलाई घटाएर ४ कार्यदिनमा झारिएको हो ।

यदि ४ कार्यदिनभित्र सम्पूर्ण रुपमा आईपीओ बिक्री नभएमा भने उक्त समयावधि खुल्ला भएको मितिले १५ दिनसम्म कायम रहने व्यवस्था गरिएको छ ।

यसअघि वैदेशिक रोजगारमा रहेकालाई छुट्याइने आईपीओ दुई दिनमै सबै बिक्री भए पनि १५ दिनसम्म आवेदनको म्याद रहने गरेको थियो । तर अब ४ दिनमा सबै बिक्री भएमा १५ दिनको म्याद नरहने बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

सर्वसाधारण समूहमा जारी हुने सेयरमा १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहेकालाई कोटा छुट्याइँदै आएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026