निर्माणाधीन घरको लिफ्टमा ग्रिज लगाउँदै थिए, चौथो तलाबाट खसेर दुवै बिते

1 July, 2025

काठमाडौंमा निर्माणाधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको मृत्यु भएको छ।

सोमबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका- १ दरबारमार्गस्थित हिटीपोखरी नजिक निमार्णाधीन ९ तले पक्की घरको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा फलामको सिक्री चुँडिएर दुई जना कामदार खसेका थिए। गम्भीर घाइते उनीहरूलाई उपचारको लागि वीर हस्पिटल लैजाँदा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

मृत्यु हुनेमा कैलाली घर भएका अन्जादी ३०/३२ वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएको करिब २०/२२ वर्षका विशाल चौधरी रहेको उनले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024