लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर दरबारमार्गमा दुई कामदारको मृत्यु 

1 July, 2025

लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर काठमाडौंको दरबारमार्गका दुई कामदारको मृत्यु भएको छ।

पोतला डेभलपमेन्ट प्रालिले बनाउँदै गरेको भवनबाट खसेर कैलाली घर भएका परदेशी चौधरी र विशाल चौधरीको मृत्यु भएको थियो। सोमबार दिउँसो चेन चुँडिएर उनीहरू खसेका थिए। उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024