वैदेशिक रोजगारबाट भित्रने पुँजी र सिपको सदुपयोग गर्न सरकारले वातावरण बनाउँछ : अर्थमन्त्री

15 April, 2025

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको देशभित्रै सदुपयोग गर्ने वातावरण सरकारले बनाउने बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औँ वार्षिक साधारणसभामा बोल्दै पौडेलले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई स्वदेशमा नै अधिकतम रूपमा सदुपयोग गर्ने वातावरण बनाइने बताएका हुन्।

वैदेशिक रोजगारलाई मर्यादित बनाउन कानुन संशोधन लगायतका विषयलाई सरकारले विशेष ध्यान दिने उनले बताए। उनले अन्तर्राष्ट्रिय श्रम बजारमा जाने र फर्कनेको संख्या उत्तिकै रहेकाले फर्कनेहरूले राष्ट्र निर्माणको आधार तय गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024