मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार प्रतिवादी पक्राउ

1 April, 2024

काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ का ३८ वर्षीय बच्चु बिक सुनार र ४७ वर्षीय दावा लामा रहेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनारलाई काठमाडौं बुढानीलकण्ठ र लामालाई ललितपुरको महालक्ष्मीबाट पक्राउ गरिएको हो।

उनीहरूले तीन जना युवतीलाई आकर्षक वैदेशिक रोजगारको प्रलोभन देखाई लेवनान पठाइदिने भनेर सिन्धुपाल्चोकबाट काठमाडौं र वीरगन्ज हुँदै भारतको शहिदनगर भन्ने स्थानमा पुर्‍याई एक-एक लाखमा बिक्री गरी जबरजस्ती वेश्यावृत्तीमा संलग्न गराएको मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले फैसला गरेको थियो।

फैसलापछि फरार रहेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024