इजरायली राजदूतको हातमा विपीनको तस्बिर, फेरि गरे रिहाईको माग

8 December, 2023

नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बेपत्ता विपीन जोशीको रिहाईको माग गरेका छन्।

इजरायलको राष्ट्रिय पर्व ‘हानुका’ का अवसरमा बिहीवार काठमाडौंस्थित इजरायली राजदूतनिवासमा आयोजित कार्यक्रममा उनले हमास आक्रमणको क्रममा बेपत्ता बनेका नेपाली विद्यार्थी विपीनको तस्बिर देखाउँदै रिहाइ गर्न हमाससँग माग गरेका हुन्।

इजरायलमा हमासको आक्रमणमा परेका नेपाली विद्यार्थी विपीन हमासको नियन्त्रणमा रहेको बताइएको छ। गोडेरले आफ्नो राष्ट्रिय पर्वका अवसरमा उनको रिहाइ तत्काल हुनुपर्ने माग गरे।

हमास र इजरायलबीच ७ दिन लामो अस्थायी युद्धविराम हुँदा पनि विपीन रिहा हुन सकेनन्। विपीनका परिवारले पटकपटक नेपाल सरकार र इजरायल तथा हमाससँग उनको रिहाइका लागि आग्रह गर्दै आएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024